ad ad

समाज


बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, ६ जना बेपत्ता

बाढी पहिरोमा फसेका ६१९ जनाको उद्धार
बाढी पहिरोमा परेर ९ जनाको मृत्यु, ६ जना बेपत्ता

नेपालखबर
असोज १२, २०८१ शनिबार ११:३०, काठमाडौँ

देशका विभिन्न स्थानमा गएरातिदेखि शनिबार बिहानसम्म बाढी पहिरोमा परेर नौ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको छ। 

बाढी पहिरोमा परेर ६ जना हराइरहेका सशस्त्र प्रहरी बलको हेडक्वाटरले जनाएको छ।

पहिरोमा परेर काभ्रेमा तीन जनाको मृत्यु भएको छ भने पाँचथरमा २ जनाको मृत्यु भएको छ। त्यसैगरी धनकुटामा २, झापामा १, ललितपुरमा १ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको हो। 

बढी पहिरोमा परेर धनकुटामा २, काठमाडौँमा १, ललितपुरमा २, धादिङमा १ जना बेपत्ता छन्। यसबीचमा काठमाडौँमा ८३, झापामा ३२५, मोरङमा १७६, सिन्धुलीमा ३३, धादिङमा २ जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोले घरसहित १ सय ६२ वटा भौतिक संरचनामा क्षति पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .