सरकारल आफ्ना श्रीमान्का हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा बाँकेको नेपालगञ्जकी भारती मानन्धरले काठमाडौंको माइतीघरमा अनशन सुरु गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा गत असोज ३ गते संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)लाई बाँकी सजाय मिनाह गरिदिएका थिए।
त्यसको विरोधमा रिगलद्वारा खुँडा हानेर ज्यान लिएका चेतनकी श्रीमती भारतीले रिले अनशन सुरु गरेकी हुन्।
चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा हानेर हत्या गरिएको थियो। उक्त प्रकरणमा बाँके अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
तर उनलाई ५० प्रतिशत पनि सजाय नकटाउँदै कांग्रेस नेताहरूको दबाबमा सजाय मिनाह गरेर रिहा गरिएको थियो।
उनी करिब ५ वर्ष जेल बसेर दाङ कारागारबाट असोज ३ गते थुनामुक्त भएका छन्।
राष्ट्रपतिबाट सजाय मिनाह भएपछि उनी लावालस्करसहित नेपालगञ्ज पुगेका थिए। उनलाई माफी दिने सरकारको सिफरिसको विरोध भइरहेको छ। सरकारको निर्णयविरुद्ध भारती सर्वोच्च अदालत पनि पुगेकी छन्।
Shares
प्रतिक्रिया