ad ad

समाज


दुर्घटनामा गम्भीर घाइतेको उद्धार गर्न जुम्ला पठाइयो निगमको जहाज

दुर्घटनामा गम्भीर घाइतेको उद्धार गर्न जुम्ला पठाइयो निगमको जहाज

नेपालखबर
असोज १८, २०८० बिहिबार ११:४७, काठमाडौँ

दुर्घटनामा परेर गम्भीर घाइते भएका जुम्लाका एक नागरिकको उद्धारका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायु सेवा निगमको जहाज पठाएको छ।

पर्यटनमन्त्री सुदन किरातीले दुर्घटनामा गम्भीर घाइते जुम्ला निवासी दीपबहादुर रावतलाई उद्धारका लागि जहाज पठाएका हुन्। 

विगत ६ दिनदेखि जिल्ला अस्पताल जुम्लाको भेन्टिलेटरमा रहेका उनलाई मौसम खराबीका कारण काठमाडौं ल्याउन सकिएको थिएन।

लगातार मौसम बिग्रिँदा जहाज नगएपछि रावतको स्वास्थ्यमा गम्भीर जटिलता देखिएको थियो। अवस्था चिन्ताजनक हुँदै गएपछि किरातीले बिहीबारका लागि अन्य दुईवटा रुपमा तय उडान रद्ध गरेर जहाज जुम्ला पठाएका हुन्। 

किरातले नेपाल वायु सेवा निगमको जहाजलाई आकस्मिक रूपमा जुम्ला पठाउनु परेकाले ताप्लेजुङ र फाप्लुको उडान स्थगित गरिएको बताएका छन्। 

यसका कारण ती दुई जिल्लाका यात्रुमा पुगेको असुविधाप्रति उनले माफी मागेका छन्। 

किरातीले जहाज खरिद प्रक्रिया अघि बढिसकेको बताउँदै त्यसपछि मानवीय उद्दारका लागि एउटा जहाज एयर एम्बुलेन्सका रूपमा प्रयोग गर्नुपर्ने महसुस भएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .