ad ad

समाज


उत्तेजक धार्मिक अभिव्यक्ति दिएका श्रीनिवास आचार्य ५ सय धरौटीमा रिहा

उत्तेजक धार्मिक अभिव्यक्ति दिएका श्रीनिवास आचार्य ५ सय धरौटीमा रिहा

नेपालखबर
असोज १८, २०८० बिहिबार २१:४६, काठमाडौँ

आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय धनुषामा ५०० रुपैयाँ धरौटी तिरेर छुटेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज खड्काले जानकारी दिए।

पछिल्लो समय धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिइरहेका श्री निवास आचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

सुनसरीको बराहइक्षेत्र नगरपालिका चक्रघट्टीबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनले जनकपुरमा आयोजित गौहत्याको विरोधमा आयोजित कार्यक्रममा गाई काट्नेहरूकाविरुद्ध खुकुरी लगेर काट्न भन्दै उत्तेजित भाषण गरेका थिए। 

के भनेका थिए श्रीनिवासले?
हिन्दू राष्ट्र र गौहत्याको आन्दोलनमा १० वर्षअघिदेखि लागिरहेको छु। वैदिक सनातन धर्मावलम्बीहरू जिन्दावाद र मुर्दावाद मात्र भनेर हुँदैन, एकजुट हुनुपर्ने भएको छ। हाम्रो गौ मातालाई धरानमा काटिरहेका छन्, भोजपुरमा काटिरहेका छन्। झापामा काटिरहेका छन्। हामी केवल घाममा हिँडेर मात्रै गौमाता बाँच्ने छैनन्।

यदी हामी गुरुहरूले नै हतियार उठाउनुपर्‍यो भने ठिक हुँदैन। हामी अनुरोध गर्छौं, जसले हाम्रो गौमातालाई काट्छ त्यसलाई खुकुरी लिएर गएर काटिदिनुस्। हाम्रो धर्म र शास्त्रले गाई र माई समान रुपले हेर्छ। 

हामी गाइ खान्छौं भनेर भन्दा यो देशको गृह प्रशासन मौन छ। के यो देशमा कानुन छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .