चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ।
निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए।
गैँडा जुधेर मरेको तिवारीले बताए। चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पाँच गैँडा मरेका छन्। तीमध्ये एउटा चोरी शिकारीले मारेको आशंका गरिएको छ। रासस
27
Shares
प्रतिक्रिया