रौतहटको राजदेवीका एक बालकको बागमती नदीमा डुबेर मृत्यु भएको छ।
राजदेवी नगरपालिका ९ ब्रम्हुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासको स्थानीय बागमती नदीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर अधिकारीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
24
Shares
प्रतिक्रिया