ad ad

समाज


बेपत्ता युवकको शव फेला

बेपत्ता युवकको शव फेला

नेपालखबर
कात्तिक ९, २०८० बिहिबार १६:२०, काठमाडौँ

दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ। रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए। राजभरको शव आज भेटिएको हो। सो दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो।

सो स्थानका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति बिसर्जन गर्न बडादसैँका दिन ती युवा सो नदी किनारमा पुगेका थिए। खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .