महोत्तरी सदरमुकाम जलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत विहारको सितामढीका ४० वर्षीय अरुण पंजियारलाई जलेश्वर ७ बखरी चोकबाट १३ लाख २० हजार नेपाली रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीकै सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना ३ ख २८७८ नम्बरको बसमा सवार पञ्जियारको साथमा स्रोत बिनाको मोटो रकम फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धन अघि बढाएको छ।
21
Shares
प्रतिक्रिया