गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औं बैठक आगामी आइतबार बस्ने भएको छ।
संघको ११ औं महाधिवेसनपछि संघका अध्यक्ष डा.बद्री केसीको अध्यक्षतामा बस्ने बैठकले संघभित्र हाल देखिएको विवाद र भावि योजनाका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो।
बैठकमा नयाँ कार्यसमितिका सदस्यहरु तथा कार्यदलमा मनोनयन बारे छलफल हुनेछ।
बैठकमा हालसम्म संघको अभियानमा भएका प्रगति तथा थप उपलब्धिको लागि गर्नूपर्ने कार्ययोजनाका बारेमा छलफल गर्ने अजेन्डातय गरिएको छ।
संघको गत महिना सम्पन्न ११ औं महाधिवेसनमा सपथ खान छुटेका निर्वाचित पदाधिकारी तथा आइसीसी सदस्यहरुले सोही बैठकमा सपथ लिने तयारी गरेका छन्।
संघको विधानअनुरुप संस्थाको प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, कार्यसमिति सदस्यहरु तथा अध्यक्षले प्रवक्ता मनोनित गर्ने प्रावधान रहेको छ।
Shares
प्रतिक्रिया