जाजरकोट भूकम्पमा परी घाइते भएकाहरू राजधानी काठमाडौँलगायत विभिन्न स्थानका अस्पतालमा उपचाररत छन्।
सशस्त्र प्रहरीले आइतबार बिहान उपलब्ध गराएको विवरणअनुसार काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रुकुम पश्चिमका ८ घाइतेको उपचार भइरहेको छ।
यस्तै नेपालगन्जस्थित भेरी अस्पतालमा ३८ जना घाइते उपचाररत छन्। जसमा जाजरकोटका २६, रुकुम पश्चिमका घाइते ११ र सल्यानको घाइते १ घाइते छन्।
यसैगरी सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा भूकम्पमा परी घाइते भएका २७ जनाको उपचार भइरहेको छ। जसमा जाजरकोटका १६ र रुकुम पश्चिमका ११ जना घाइते रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यस्तै जिल्ला अस्पताल जाजरकोटमा जम्मा १९ जना घाइते उपचाररत छन्। जसमा जाजरकोटका घाइते ६ र रुकुम पश्चिमका घाइते १३
जना छन्।
जिल्ला अस्पताल रुकुममा भूकम्पका १३ जना घाइतेको उपचार जारी छ। जसमा सबै जना रुकुम पश्चिमकै छन्।
Shares
प्रतिक्रिया