कास्कीको पोखरा महानगरपालिका–१५ नयाँगाउस्थित सेती नदीको खोँचमा खसेका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ।
पर्वतको फलेवास नगरपालिका वडा नं.३ घर भई पोखरा १५ नयाँगाउमा दाजुको डेरामा आई बसेका वर्ष १९ को सुदिप विक शनिबार अन्दाजी ७ः४५ बजे सेती नेदीको किनारमा धाँजा फाटेको स्थानमा अचानक खसेका थिए।
सो सम्बन्धी सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट ७ जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट ६ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीबाट ११ जनाको उद्दार टोली खटिई गइ खोजीकार्य गरेको थियो।
त्यसक्रममा ९ः५५ बजे उनलाई खोँचमा अड्किएको अवस्थमा फेला पारी उद्धार गरिएको हो।
उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएका उनको अवस्था समान्य छ। शरीरमा सामान्य दधारिएको चोट लागेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया