नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले शुक्रबार यस्तो आदेश गरेको हो।
यस्तै इन्द्रजित राई, आङटावा शेर्पा पनि थुनामै राख्न उच्च अदालतले भनेको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन्।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणका हकमा न्यायाधीशहरूबीच रायबाझी भएको छ। रायमाझीका छोरा सन्दीपसँग भने ३० लाख धरौटी माग भएको छ।
बालकृष्ण खाँणबारे २ न्यायाधीशको राय बाझियो, तेस्रो न्यायाधीशसमक्ष पेस हुने
भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख धरौटी मागिएको छ। टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन्।
रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ।
यस्तो छ उच्च अदालत पाटनको आदेश:
390
Shares
प्रतिक्रिया