ad ad

समाज


दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
असोज ६, २०८१ आइतबार १९:४०, काठमाडौँ

विवादास्पद मेडिकेल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ। आइतबार दिउँसो पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौँ जिल्ला अदालत लगिएको थियो। 

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार रामु शर्माले जानकारी दिए। 

प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। 

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .