काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङ ग्राहकहरूलाई लुटपाट गरेको आरोपमा पक्राउ परेका छन्।
तामाङसमेतका व्यक्तिहरूले उक्त डान्सबार एण्ड रेष्टुरेन्टमा आएका ग्राहकबाट अनुचित रकम असुल गर्ने र उक्त रकम नदिएमा कुटपिट गरी जबर्जस्ती रकम असुल गर्नुका साथै ज्यान लिने सम्मको धम्की दिने गरेको प्रहरीको आरोप छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले असोज ४ गते संचालक तामाङ समेत ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–२ घर भइ हाल बनस्थली बस्ने वर्ष ३२ को सरद तामाङ, काभ्रेपलाञ्चोकको नमोबुद्ध–११ घर भइ हाल मनमैजु बस्ने २१ वर्षीय कृष्ण तामाङ र सोही स्थान घर भइ हाल शेषमती बस्ने वर्ष २६ का अजय तामाङ रहेका छन्।
उनीहरूमाथि आवश्यक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कानूनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको छ।
Shares
प्रतिक्रिया