आज (शुक्रबार) काठमाडौँ उपत्यकामा बिहानै घाम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली छ।
‘आंशिक बदली भनेको घाम लाग्नु नै हो, साथै कतै कतै आकाशमा बादलका टुक्रा देखिनु हो’, उनले भनिन्, ‘आज उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने देखिन्छ, हिजोको जस्तो हुँदैन।’
हिजो बिहीबार भने काठमाडौँ उपत्यकामा दिनभर घाम लाग्न सकेको थिएन। चिसो पनि बढेको थियो।
यसैबीच आज बिहान ७ बजेर ३१ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम ९ डिग्री सेल्सियस रहेको जानकारी मौसमविद् मानन्धरले दिइन्।
69
Shares
प्रतिक्रिया