ad ad

समाज


भित्र्याउन ठिक्क पारेको पौने २ विगाहको धानमा आगजनी

भित्र्याउन ठिक्क पारेको पौने २ विगाहको धानमा आगजनी

नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:२५, काठमाडौँ

रौतहटको पश्चिमस्थित फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरमा पौने २ विगाह क्षेत्रफलमा फलेको धानमा अज्ञात समूहले आगो लगाइदिएको छ। 

स्थानीय किसान लक्ष्मीनारायण यादवको खेतको धान काटेर दाइँ गर्न खेतमै  राखिएको धानमा शनिबार राति ९ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो।

आगजनीबाट धान पूर्णरुपमा जलेको छ। उक्त घटनामा २ लाख ६० हजार बराबरको क्षति भएको पीडित किसान यादवले बताए। 

घरमा भित्र्याउन ठिक्क पारेको धानको भारीमा आगजनी भएपछि किसान यादवको परिवार चिन्तित भएको छ।

योजनाबद्ध रुपमा अराजक ब्यक्तिको समूहले पेट्रोल हालेर धानमा आगो लगाएको स्थानीयहरुले बताएका छन्।

दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही र क्षतिपूर्ति दिलाउन पीडित परिवारको माग छ। 

घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ।

यसअघि पनि शीतलपुरमा अर्का किसानले लगाएको करिब २ विगाह खेतको धानमा आगो लगाएर नष्ट गरिएको थियो।

शीतलपुर गाउँमा किसानको धानमा आगो लगाउने समूह सकृय बन्दै गए पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .