क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि सन्दीपका वकिलले स्थगित गर्न निवेदन दिएका हुन्।
सन्दीपको पक्षमा बहस गर्ने कानुन व्यवसायी नेपाल बार एसोसिएसनको सम्मेलनका लागि चितवनमा रहेकाले स्थगनको निवेदन दिएको अधिवक्ता मुरारी सापकोटाले बताए।
यसअघि कात्तिक २३ गते इजलासले दुवै पक्षका कानुन व्यवसायीलाई बहस नोट बुझाउन आदेश दिएको थियो।
एक महिनाभित्र बहस नोट बुझाउन भनेको र बहस नोट पनि बुझाइसकेकाले आइतबार फैसला हुने सम्भावना भए पनि सुनुवाइ नै अगाडि बढ्न सकेन।
273
Shares
प्रतिक्रिया