मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको नोबेल अस्पताल, विराट टिचिङ अस्पताल लगायततका बढी भिडभाड हुने स्थानबाट हराएका १६ वटा मोटरसाइकल चोरीमा संलग्न २ जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।
चोरीमा संलग्न अभियुक्तहरूको खोजीको क्रममा प्रहरीले गत शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेको मोरङ प्रहरीले जानकारी गराएको छ।
उनीहरूलाई प्रहरीले अवैध लागू औषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ १ ग्रामसहित पक्राउ गरेको हो।
नोबेल अस्पतालबाट साइन मोटरसाइकल २ वटा, सुपरस्प्लेण्डर मोटरसारइकल २ वटा र अपाची मोटरसाईकल १ वटा चोरी भएको थियो।
विराटनगरकै सेन्ट्रल मलबाट साइन मोटरसाइकल १ वटा, सुरपस्प्लेण्डर मोटरसाइकल २ वटा र पल्सर मोटरसाइकल १ वटा चोरी भएको प्रहरीले जनाएको छ।
त्यस्तै, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, गुद्रीबाट सुपरस्प्लेण्डर मोटरसाइकल १ वटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, नापी कार्यालयबाट साईन मोटरसाइकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा मोटरसाइकल चोरी भएको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ।
Shares
प्रतिक्रिया