नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयकी नवनियुक्त सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन्।
राजदूत श्रीवास्तवले मंगलबार परराष्ट्र मन्त्रालयस्थित लम्सालको कार्यकक्षमा पुगेर संवाद गरेका हुन्।
लम्साल परराष्ट्रसचिवमा नियुक्त भएपछि भारतीय राजदूतले पहिलो पटक भेटवार्ता गरेका हुन्।
भेटमा भारतीय राजदूतले परराष्ट्रसचिवमा नियुक्त भएकामा लम्साललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए।
भेटका अवसरमा दुईजनाबीच नेपाल-भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
6
Shares
प्रतिक्रिया