ad ad

समाज


दुर्व्यवहार आरोपमा ह्वाइट हाउस कलेजका कर्मचारी पक्राउ

छात्राहरूले घेरे बानेश्वर प्रहरी वृत्त
दुर्व्यवहार आरोपमा ह्वाइट हाउस कलेजका कर्मचारी पक्राउ

प्रहरी वृत्त घेराउ गर्न पुगेका विद्यार्थी। तस्बिर : नेपालखबर


नेपालखबर
पुस ३, २०८० मंगलबार १७:२६, काठमाडौँ

तीनकुनेस्थित ह्वाइट हाउस कलेजका एक कर्मचारी छात्राहरूमाथि दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। 

परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अंगमा हात हालेको र कपाल पनि लुछेको आरोप उनीमाथि लागेको छ।

उक्त कलेजका डीआई कृष्ण नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि बानेश्वर वृत्तले पक्राउ गरेको हो। विद्यार्थीहरूमाथि यौन दुर्व्यहार आरोप लागेका ती कर्मचारी अहिले हिरासतमा छन्।

उक्त कलेजमा डिसिप्लिन इन्चार्ज (डीआई) को भूमिकामा रहेका ती कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्त घेराउ गरेका छन्।

उक्त घटनापछि विद्यार्थीहरूले मंगलबार बिहानैदेखि बानेश्वर वृत्तमा घेराउ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .