पत्रकार लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी छन्।
बुधबार बसेको कोषको परिषद् बैठकले नेपाल पत्रकार महासंघकी पूर्व सचिव पुनलाई सो पदमा नियुक्त गरेको हो।
परिषद बैठकले पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका सल्लाहकारहरूको पद खारेज गर्ने निर्णयसमेत गरेको छ।
राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार नरहने निर्णय गरिएको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्।
741
Shares
प्रतिक्रिया