ad ad

समाज


यस्तो छ माघ २२ गतेको राशिफल

यस्तो छ माघ २२ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
माघ २२, २०८० सोमबार ४:४९, काठमाडौँ

आज २२ माघ २०८०। तदनुसार ५ फेब्रुअरी २०२४। आज कुन राशिको फल कस्तो छ त, हेर्नुस् राशिफल-
मेष: आज सरकारी निकायको भय रहला। वैदेशिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यमा धन खर्च हुनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला तर मान्यजनको आशीर्वादले काम गर्नेछ।

मेष राशिको आजको भाग्यशाली रङ्ग पर्पल रहेको छ भने भाग्यशाली अङ्क १ रहेको छ। यो राशि हुनेहरूमा आज प्रेम र सम्बन्धको सफलता प्रतिशत ७६ रहेको छ। त्यस्तै, व्यापारमा ६६, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको आजको स्वास्थ्य ४९ प्रतिशत अनुकूल रहनेछ भने यात्रामा सरिक हुने योग ४५ प्रतिशत रहेको छ।

मेष राशि हुनेहरूमा आजको सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने निलो रङ्गको प्रयोग नगर्दा उत्तम हुनेछ।

वृष: शुभ समाचार सुन्न पाइएला। पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्याशित भेटघाट हुनसक्छ। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। जोसजाँगर र हिम्मत बढ्नेछ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ।

आज वृष राशिको भाग्यशाली रङ्ग पहेँलो रहेको छ भने भाग्यशाली अङ्क ४ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ७७ प्रतिशत, व्यापारमा ८१ प्रतिशत, सेयर बजारमा ५४ प्रतिशत, वैदेशिक कार्यमा ५६ प्रतिशत र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, स्वास्थ्य अनुकूलता ५५ प्रतिशत रहेको छ भने ९० प्रतिशत यात्रा गर्ने अवसर रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। मातापिताको आशीर्वाद लिएर दिनको सुरुआत गर्दा राम्रो हुनेछ भने मद्यपानबाट टाढै रहँदा बेस हुनेछ।

मिथुन: पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम्पत्य र प्रेम जीवन सुखमय नै हुनेछ। अतिथिको रूपमा सत्कार पाइएला। सेयर बजारमा फाइदा हुनेछ।

मिथुन राशिको आजको भाग्यशाली रङ्ग रातो रहेको छ। भाग्यशाली अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ५१ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै, व्यापारमा ६६ प्रतिशत, सेयर बजारमा ८० प्रतिशत, वैदेशिक कार्यमा ७४ प्रतिशत र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। त्यसैगरी स्वास्थ्य अनुकूलता ५३ प्रतिशत र यात्राको योग ६९ प्रतिशत रहेको छ।

यो राशिको आजको सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने र शंकास्पद व्यक्तिको सङ्गत नगर्दा राम्रो हुनेछ।

कर्कट: लक्ष्मी प्राप्तिको योग छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ।

कर्कट राशिको आजको भाग्यशाली रङ्ग घिउ रङ्ग हो भने भाग्यशाली अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८७, व्यापारमा ८४, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ६९ र शिक्षामा ८७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४० प्रतिशत र यात्राको योग ७२ प्रतिशत रहेको छ। यो राशि हुनेको आज सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।
कर्कट राशि हुनेले आज हनुमानजीको दर्शन गर्दा राम्रो हुनेछ भने कालो रङ्गको प्रयोग नगर्दा उत्तम हुन्छ।

सिंह: बन्न लागेको काम बिग्रन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। आर्थिक समस्याले सताउन सक्छ तर साँझमा भने धन हात पर्न सक्छ।

भाग्यशाली रङ्ग हरियो रहेको छ भने भाग्यशाली अङ्क ७ हो। प्रेम र सम्बन्धमा २०, व्यापारमा ५५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ८०, शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य २५ प्रतिशत मात्र अनुकूल रहनेछ भने यात्राको योग ४५ प्रतिशत रहेको छ। आजको सम्पूर्ण भाग्याङ्क जम्मा ३३ प्रतिशत रहेको छ।

सिंह राशि हुनेले आज गणेशजीको दर्शन गर्ने र शंकास्पद व्यक्तिको सङ्गत नगर्ने।

कन्या: पुराना साथीभाइ र सहयोगीसँग अप्रत्याशित भेटघाट हुन सक्छ। पदोन्नतिको सम्भावना प्रबल छ। सेयर बजारको लगानीबाट सफलता मिल्नेछ। मनोरञ्जक तरिकाले दिन बित्ने देखिन्छ। वैदेशिक कार्य पनि अघि बढ्ला।

यो राशि हुनेको आजको भाग्यशाली रङ्ग सेतो हो। त्यस्तै भाग्यशाली अङ्क ६ रहेको छ भने प्रेम र सम्बन्धमा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, व्यापारमा ५६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ। यो राशि हुनेको स्वास्थ्य आज ५४ प्रतिशत अनुकूल रहनेछ। ९० प्रतिशतसम्म यात्राको योग रहेको छ भने सम्पूर्ण भाग्याङ्क ८५ प्रतिशत रहेको छ।

कन्या राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति मिल्नेछ भने  छलकपट गर्न खोज्दा आफैँलाई हानि गर्नेछ।

तुला: शैक्षिक क्षेत्रमा सफलता मिल्ने र पठनपाठनमा प्रगति हुनेछ। धर्म-कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। पुँजी बजारले पनि साथ दिनेछ तर साँझमा कुनै कुराले चिन्ता बढेको महसुस हुनेछ।

रातो आजको भाग्यशाली रङ्ग हो भने भाग्यशाली अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७१, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ९० र शिक्षामा ८८ प्रतिशतसम्म सफलता मिल्नेछ।

आज तुला राशि हुनेहरूको स्वास्थ्य अनुकूलता ५३ प्रतिशत र यात्राको योग पनि ८८ प्रतिशत नै रहेको छ। सम्पूर्ण भाग्याङ्क भने ८७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज भगवान् शङ्करजीको दर्शन गर्ने र पहेँलो रङ्गको प्रयोग नगर्ने।

वृश्चिक: पुरानो साथीसँग भेट हुने सम्भावना छ। लामो समयदेखि रोकिएका अधुरा काम विस्तारै अघि बढ्न सक्छन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय छ।

आजको भाग्यशाली रङ्ग गुलाबी रहेको छ भने भाग्यशाली अङ्क ९। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६०, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६४ प्रतिशत रहेको छ भने यात्राको योग ७२ प्रतिशत रहेको छ। यस्तै, सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

भगवान् गणेशजीको दर्शन गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। पहेँलो रङ्गको प्रयोग नगर्दा बेस हुनेछ।

धनु: लाभहानि, सुखदुःख बराबरी खालको दिन छ। प्रेममा मनमुटावका साथै मन कमजोर रहला। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउला। साँझमा आफन्तको साथ-सहयोग मिल्नेछ।

धनु राशिको आजको भाग्यशाली रङ्ग सुन्तला रङ्ग रहेको छ भने भाग्यशाली अङ्क १ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ८० र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य सबलता ५० प्रतिशत, यात्राको योग ७६ प्रतिशत र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज अग्रज व्यक्तिको सुझाव लिई काम गर्ने तथा दिनदुःखीलाई सहयोग गर्नाले राम्रो हुनेछ।

मकर: रोकिएका अधुरा कार्य पूरा हुनेछन्। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अकस्मात् धन सम्पत्ति हात पर्न सक्छ। पुँजी बजारमा लगानीको अवसर छ।

यस राशिको आजको भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ८७, व्यापारमा ७३, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७१ प्रतिशत, यात्राको सम्भावना ८० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज सात्विक भोजन गर्ने र असत्य नबोल्दा लाभ हुनेछ।

कुम्भ:  पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ। मनोरञ्जनमा सहभागी भइएला। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। सुखद् यात्राका अवसर प्राप्त हुनेछन्।

यो राशिको आजको भाग्यशाली रङ्ग निलो रहेको छ भने भाग्यशाली अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ५१ प्रतिशत सफलता पाइनेछ।

स्वास्थ्यले आज ४५ प्रतिशत मात्र साथ दिनेछ भने यात्राको योग ७० प्रतिशत रहेको छ। साथै, सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

बिहान उठेर गणेशजीको दर्शन गर्दा शुभ हुनेछ। सेतो रङ्गको प्रयोग नगर्दा बेस।

मीन: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।  प्रेम र दाम्पत्य जीवनमा नयाँ आयाम थपिनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। दिनको उत्तरार्धमा भने रिसराग नियन्त्रण गर्न जरूरी छ।

मीन राशिको आजको भाग्यशाली रङ्ग हरियो हो भने भाग्यशाली अङ्क ७ रहेको छ। यो राशि हुनेलाई आज प्रेम र सम्बन्धमा ६७, व्यापारमा ४५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ९० र शिक्षामा ८८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अवस्था ५४ प्रतिशत ठिक रहनेछ भने ८० प्रतिशतसम्म यात्राको सम्भावना रहेको छ। त्यस्तै, आजको सम्पूर्ण भाग्याङ्क ८१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज अग्रज व्यक्तिसँग सुझाव लिई काम गर्दा सफलता मिल्नेछ। खरानी रङ्ग प्रयोग त्यति उपयुक्त देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .