ad ad

समाज


पाल्पा जीप दुर्घटना : मृतकहरूमध्ये ९ जनाको सनाखत

पाल्पा जीप दुर्घटना : मृतकहरूमध्ये ९ जनाको सनाखत

नेपालखबर
फागुन १, २०८० मंगलबार २३:८, काठमाडौँ


पाल्पामा मंगलबार अपरान्ह भएको दुर्घटनामा ज्यान गुमाउने १० जनामध्ये ९ जनाको सनाखत भएको छ। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृतक एकजना पुरुषको सनाखत हुन बाँकी छ। 

दुर्घटनामा घाइते १६ जनाको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उक्त जिपका चालक भने सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनामा पाल्पाको तिनाउँ गाउँपालिका-६ की ६० वर्षीया यनकुमारी पन्त, त्यही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल १४ का ७० वर्षीय चन्द्र रनपाल, उनकी श्रीमती ६० वर्षीया चुना रनपाल, पाल्पाको रिप्तिकोट १ की दिलकुमारी सुनार, ६६ वर्षीया विष्णुकला कामी र तिनाउ गाउँपालिका २ की गीता सुनार छन्। 

पाल्पास्थित सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा ज्यान गएको हो। 

घाइतेहरू सबैजनाको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .