ad ad

समाज


पत्रकारलाई प्रहरीले धम्क्याएकोप्रति महासंघको आपत्ति

पत्रकारलाई प्रहरीले धम्क्याएकोप्रति महासंघको आपत्ति

नेपालखबर
चैत १२, २०८० सोमबार १४:५२, काठमाडौँ

नेपाल पत्रकार महासंघले समाचार प्रसारणको विषयलाई लिएर कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता विनय यादवलाई प्रहरी नायव निरीक्षकले धम्की दिएकोप्रति आपत्ति जनाएको छ।

यही चैत ८ गते सिरहा नगरपालिकामा कार्यरत सई अमित राई सहितका व्यक्तिले सिरहाबाट भारत मदिरा तस्करी सम्बन्धमा कान्तिपुर टेलिभिजनमा समाचार प्रसारण भएपछि पत्रकार यादवलाई ‘चाँडै केही गर्ने’ भन्दै सार्वजनिक स्थानमा बसेर धम्की दिएको महासंघ सिरहा शाखाले जनाएको छ।

‘एक जिम्मेवार निकायको व्यक्तिले दिएको यसप्रकारको धम्कीको घटना दुःखद हो’ महासंघका महासचिव रोसन पुरीले सोमबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘महासंघ व्यावसायिक पत्रकारिताको सम्मान गर्न माग गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .