ad ad

समाज


इजरायली राजदूतले भेटे गृहमन्त्रीलाई, यी तीन विषयमा भयो कुराकानी

इजरायली राजदूतले भेटे गृहमन्त्रीलाई, यी तीन विषयमा भयो कुराकानी

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत १२, २०८० सोमबार १८:१६, काठमाडौँ

नेपालस्थित इजरायली राजदूत हनान गोडरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर बधाई दिएका छन्।

सोमबार सिंहदरबारमा भएको भेटका क्रममा उहाँहरूबीच इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको छ।

राजदूत गोडरले गत अक्टोबर ७ मा विद्रोही समूह हमासद्वार अपहरण गरी लगेका विपिन जोशीको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको बताएका थिए।

उनले अपहरणमा परेर बेपत्ता विपिनसहित अक्टोबर ७ मा ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए।

भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे।

राजदूत गोडरले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गर्न छलफल गरी ठोस कदम चालिने बताए।

उहाँहरूबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल-इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .