ad ad

समाज


रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १३:३४, काठमाडौँ

सर्वोच्च अदालतले अब अनलाइनबाटै रिट निवेदन दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ। 

त्यसका लागि सर्वोच्चले ल फर्म अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढाएको छ। अनलाइनबाटै रिट निवेदन दर्ताका लागि सबै ल फर्महरूलाई अभिलेखीकरणमा आउन सर्वोच्चले बोलाएको छ। 

सर्वोच्च अदालत सूचना प्रविधि समितिको मिति यही चैत ७ गते बसेको बैठकको निर्णयअनुसार निवेदनहरू अनलाइन प्रणालीमार्फत पनि दर्ता गर्न सकिने गरी प्रणाली विकास गरिएको हो। 

सर्वोच्चले उक्त प्रणाली चाँडै नै सुरुवात गर्न लागिएको पनि जानकारी दिएको छ।

उक्त प्रणालीमार्फत रिट निवेदन दर्ताको प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि ल फर्महरू अभिलेखीकरण गर्न आवश्यक कागजातहरू सहित एउटा फाराम भरेर १५ दिनभित्र अदालतको रिट दर्ता शाखामा सम्पर्क गर्न सर्वोच्चले भनेको छ।

आवश्यक कागजातहरू ईमेलमार्फत पनि पठा प्रणालीमा ल फर्म अभिलेखीकरण गर्न निवेदन दिन पनि सर्वोच्चले ल फर्महरूलाई भनेको छ। 

सर्वोच्चले प्राप्त निवेदनहरू प्रणालीमा अभिलेखीकरण भपएछि प्रणाली सञ्चालनका लागि आवश्यक प्रयोगकर्ता पहिचान (युजर आइडी) तथा पासवर्ड एसएमएस तथा इमेलमार्फत उपलब्ध गराइने जनाएको छ। 

सर्वोच्चले रिट निवेदनको अनलाइनमार्फत दर्ता गर्ने प्रयोजनका लागि ल फर्म अभिलेखीकरणसम्बन्धी फाराम सर्वोच्च अदालतको वेबसाइटबाट डाउनलोड गर्न सकिने जनाएको छ।

आवश्यक कागजात
१. ल फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि।
२. कर प्रयोजनका लागि फर्म दर्ता तथा नवीकरणसम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि।
३. सञ्चालकहरूको नागरिकताको प्रमाणित प्रतिलिपि।
४. कानून व्यवसायीको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .