ad ad

समाज


होलीका दिन कर्णालीमा हामफालेर बेपत्ता युवकको शव भेटियो

होलीका दिन कर्णालीमा हामफालेर बेपत्ता युवकको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
चैत १५, २०८० बिहिबार १६:३८, काठमाडौँ

होली पर्वका दिन (सोमबार) बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव भेटिएको छ।

शाहीको शव टीकापुर नगरपालिका-२ स्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा बिहीबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर लोकेन्द्रसिंह कार्कीले नेपालखबरलाई बताए।

उनका अनुसार शव भेटिएको स्थानमा मुचुल्का उठाउने काम भइरहेको छ। शव भेटिएपछि उनका आफन्तलाई खबर गरेर झिकाइएको कार्कीले बताए। 

होली मनाउने क्रममा अन्य साथीहरूसँगै कर्णालीमा हामफालेपछि कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएपछि खोजी तीव्र बनाइएको थियो।

शाहीको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो। कर्णालीमा हामफालेलगत्तै डुबेका शाहीको तत्कालै उद्धार हुन नसक्दा डुब्न पुगेका थिए। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .