समाज


अढाई वर्षकी बालिकालाई भारतको सिलगुढी लगेर बेच्ने ललितपुरकी महिला पक्राउ

अढाई वर्षकी बालिकालाई भारतको सिलगुढी लगेर बेच्ने ललितपुरकी महिला पक्राउ

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ५:५७, काठमाडौँ

अढाई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारकी अढाई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरेको हो। 
 

व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार उनले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर ‘तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौँ भनेको छ,’ भनेर फकाएकी थिइन्। 

त्यसपछि बालिकाका बुवाआमाले आफ्नी छोरीलाई उनको जिम्मा लगाएका थिए। तर, उनले काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानमा खुलेको फुँयालले बताए।

विश्वकर्माले अढाई वर्षकी बालिकालाई गत चैत २९ गते पीडितको घरबाट ल्याएर चार दिन आफ्नो घरमा राखेर बालिकालाई झापाको काकरभिट्टासम्म पु¥याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ। 

प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ।  

प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .