ad ad

समाज


एसईई परीक्षाको नतिजा जानकारी दिन चाहने संस्थाका लागि परीक्षा नियन्त्रण कार्यालयले निर्धारण गर्‍यो यस्तो शुल्क

एसईई परीक्षाको नतिजा जानकारी दिन चाहने संस्थाका लागि परीक्षा नियन्त्रण कार्यालयले निर्धारण गर्‍यो यस्तो शुल्क

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८१ बुधबार १०:६, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी भक्तपुरले एसईई परीक्षाको नतिजाको जानकारी दिन चाहने इन्छुक संघसंस्थालाई त्यससम्बन्धी प्रक्रियामा सहभागी हुन सूचित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले एसएमएस, आईभीआर वा वेबसाइटको माध्यमबाट एसईई परीक्षा २०८० को नतिजा सम्बन्धी जानकारी दिन इच्छुक संघसंस्थाहरुलाई त्यस्तो आग्रह गरेको हो। 

कार्यालयले आज सूचना जारी गर्दै आगामी असार ५ गतेसम्म निवेदन दिन सकिने जनाएको छ। 

परीक्षा नियन्त्रण कार्यालयले त्यसका लागि विभिन्न मापदण्डहरुसमेत तोकेको छ। 

कार्यालयले एसएमएस मार्फत् एसईईको नतिजाको जानकारी दिनको लागि ४० हजार, वेबसाइटका लागि २० हजार र एसएमएस र वेबसाइड सेवाका लागि ६० हजार र एसएमएस, आईभीआर र वेबसाइड सेवाका लागि एकमुस्ट रुपमा एक लाख रुपैयाँ शुल्क बुझाउनु पर्ने जनाएको छ। 

हेर्नुहोस् सूचना

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .