ad ad

खेल


टी-२० विश्वकपमा आज पूर्वविजेता भारत र आयरल्यान्ड भिड्दै

टी-२० विश्वकपमा आज पूर्वविजेता भारत र आयरल्यान्ड भिड्दै

नेपालखबर
जेठ २३, २०८१ बुधबार १०:१३, काठमाडौँ

आईसीसी टी-२० विश्वकपमा आज (बुधबार) पूर्वविजेता भारत र आयरल्यान्ड भिड्दै छन्। 

अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी इन्टरनेसनल क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ।

सन् २००७ मा भएको पहिलो संस्करणको विश्वकप भारतले जितेको थियो। त्यसयता उसले उपाधि लिन सकेको छैन।

सन् २०२२ मा भएको विश्वकपमा शीर्ष ८ मा रहँदै भारतले नवौँ संस्करणमा स्थान पक्का गरेको थियो। 

आयरल्यान्ड भने युराेपियन छनाेट चरण पार गर्दै विश्वकपका लागि छानिएको थियो।

भारत र आयरल्यान्डबीचको पछिल्ला खेल हेर्ने हो भने भारत हाबी देखिन्छ।

सन् २०२२ मा भएका २ र २०२३ मा भएका ३ भेट हेर्ने हो भने चार खेलमा भारत विजयी भएको छ। एक खेल भने रद्द भएको थियो।

यस्ता छन् दुई देशका टोली

भारतः 
रोहित शर्मा (कप्प्तान), हार्दिक पाण्ड्या, यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सैमसन, शिवम दुबे, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज
वैकल्पिक खेलाडीः शुभमन गिल, रिंकु सिंह, खलील अहमद, आवेश खान

आयरल्यान्ड
पल स्टर्लिङ (कप्तान), मार्क एडेयर, रस एडेयर, एन्ड्रयू बालबर्नी, कर्टिस क्याम्फर, ग्यारेथ डेलानी, जर्ज डकरेल, ग्राहम ह्यूम, जोस लिटल, ब्यारी म्याकार्थी, नील रक, ह्यारी टेक्टर, लोर्कन टकर, बेन ह्वाइट, क्रेग यंग।

जारी विश्वकपअन्तर्गत मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले हारेको छ।

स्कटल्यान्ड र इङ्ल्यान्डबीचको खेल भने रद्द भयो।

अर्को खेलमा अफगानिस्तानले युगान्डालाई १ सय २५ रनले हरायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .