हाल कोसी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश खुला) रहने छ।
यस क्रममा राति कोसी प्रदेशका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले राति भन्नाले भोलि (सोमबार) बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ।
144
Shares
प्रतिक्रिया