ad ad

खेल


पाकिस्तानविरुद्धको खेलमा भारत १ सय १९ रनमा अलआउट

पाकिस्तानविरुद्धको खेलमा भारत १ सय १९ रनमा अलआउट

नेपालखबर
जेठ २७, २०८१ आइतबार २३:३६, काठमाडौँ

आईसीसी टी-२० विश्वकपमा पाकिस्तानविरुद्ध जितका लागि भारतीय टोलीले १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

न्युर्योकको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारत १९ ओभरमा १ सय १९ रनमा अलआउट भयो। 

पाकिस्तानको कसिलो बलिङसामु भारतीय टोलीका बलरहरू लामो समय क्रिजमा टिक्न सकेनन्। तीन भारतीय ब्याटरबाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ऋषभ पन्तले बनाएको ४२ रन नै भारतीय टोलीका लागि सर्वाधिक रह्यो। उनले ३१ बलमा ६ चौका मद्दतमा ४२ रन बनाउँदा मोहम्मद अमीरको बलमा बाबर आजमको हातबाट क्याच आउट भए।

 

अक्षर पटेल २० रन बनाउँदा नसिम शाहको बलमा बोल्ड आउट भए। कप्तान रोहित शर्मा १३ रन बनाउँदा क्याच आउट भए।

सूर्यकुमार यादव ७ र विराट कोहली ४ रनमै क्याच आउट भए। शिवम् दुवे २ रन बनाउँदा कट एन्ड बोल्ड भए। 

खेलको पहिलो १ ओभर सकिँदा वर्षाका कारण रोकिएको थियो। भारतले दोस्रो ओभरको तेस्रो बलमा नै विराट कोहलीलाई गुमायो। विराट ४ रन बनाउँदा नसिम शाहको बलमा उस्मान खानको हातबाट क्याच आउट भए। रवीन्द्र जडेजा र जसप्रीत बुमराह शून्य रनमा नै आउट भए। 

भारतीय बलरलाई लामो समय क्रिजमा टिक्न नसक्दा नसिम शाहले ३ विकेट लिए। उनले आफ्नो स्पलेमा २१ रन खर्चे। हरिस राउफले ३ विकेट झारे। उनले ४ ओभरमा २१ रन खर्चे। मोहम्मद अमीरले २ विकेट लिए। शहिन शाह अफ्रिदीले १ विकेट लिए।

समूह ए मा रहेको भारत लगातार दोस्रो जितको खोजीमा छ। पाकिस्तानलाई भने सुपर ८ पुग्न जित्नैपर्ने दबाबमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .