प्रहरी प्रधान कार्यालयले बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ ।
बढुवा भएका एसएसपीहरू क्रमशः श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै बिहीबार जिम्मेवारी पनि पाएका हुन्।
प्रहरी प्रधान कार्यालयका अनुसार, अधिकारीको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा पदस्थापन गरिएको छ।
यस्तै दाहालको कोसी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज तोकिएको छ।
1.9k
Shares
प्रतिक्रिया