न्याय सेवा आयोगले गत बैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएको भन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन्।
आयोगले आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति, मधेशी र अपाङ्गता भएको समूह अन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो।
तर, आयोगले बिहीबार सार्वजनिक गरेको उक्त परीक्षाको नतिजामा ८ जना मात्रै उर्तिण हुन सफल भएका छन्। उत्तीर्ण हुनेहरुका लागि आयोगले आसार ६ र ७ गते अन्तर्वार्ताका लागि समय तोकेको छ।
उत्तीर्ण हुनेहरुमा अन्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, बसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन्।
63
Shares
प्रतिक्रिया