ad ad

समाज


पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु

पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु

नेपालखबर
असार २०, २०८१ बिहिबार १७:३०, काठमाडौँ

धनुषाको धनौजीमा पोखरीमा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ।

धनौजी गाउँपालिका ५ बहुअर्वास्थित घुघाईर सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर ३ जना बालिकाको बिहीबार दिउँसो मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने अब्दुल खानकी छोरी ११ वर्षीया मुस्कान खातुन, हिलिम खानकी छोरी १२ वर्षीया जिनत खातुन र कलिम खानकी छोरी ११ वर्षीया अजमेरी खातुन रहेका छन्।

डुबेर अशक्त भएका उनीहरू मध्ये मुस्कानको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

जिनत र अजमेरीको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु धनुषा प्रहरीले जानकारी दिएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .