सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ लागि मोटा धानको प्रति क्विन्टल ३४१०.५१ रुपैयाँ र मध्यम धानको प्रति क्विन्टल ३५८०.६२ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।
त्यस्तै सरकारले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।
105
Shares
प्रतिक्रिया