टी–२० विश्वकपको उपाधि जितेर बार्बाडोसबाट बिहीबार स्वदेश (भारत) फर्किएको भारतीय क्रिकेट टोलीले आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेको छ।
यो जित मनाउन भारतीय क्रिकेट टोलीले आज साँझ विजय परेड आयोजना गरेको छ। यो परेड मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा आयोजना गरिएको हो।
गत जुन २९ मा बार्बाडोसमा भएको टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो।
रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि दोस्रोपटक टी-२० विश्वकपको उपाधि जितेको हो।
भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री मोदीसँग भेट गरेको भिडिओ-
#WATCH | Indian Cricket team meets Prime Minister Narendra Modi at 7, Lok Kalyan Marg.
— ANI (@ANI) July 4, 2024
Team India arrived at Delhi airport today morning after winning the T20 World Cup in Barbados on 29th June. pic.twitter.com/840otjWkic
Shares
प्रतिक्रिया