ad ad

समाज


मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले गर्‍यो पक्राउ

मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले गर्‍यो पक्राउ

नेपालखबर
असार २३, २०८१ आइतबार १३:१७, काठमाडौँ

कलाकार मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान गजुरेलको घरमा दलबलसहित ताला लगाउन भन्दै पुगेकी ढकाललाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर, भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको भक्तपुरका डीएसपी राजन कार्कीले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, ढकालविरुद्ध साइबर क्राइमको मुद्दामा पनि उजुरी परेको छ। ढकाललाई अहिले परिसरमै राखिएको छ।

गजुरेलसँग सम्बन्ध विच्छेद गरिसकेकी ढकाल पटक पटक बालकोटस्थित गजुरेल बस्दै आएको घर आफ्नो दाबी गर्दै आइरहेकी छिन्। 

मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए। 

गजुरेलको अर्को बिहे भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .