ad ad

समाज


पोखरामा अर्को घर पनि पहिरोले पुर्‍यो, एकै परिवारका ३ बालबालिकाको मृत्यु

पोखरामा अर्को घर पनि पहिरोले पुर्‍यो, एकै परिवारका ३ बालबालिकाको मृत्यु

फाइल तस्बिर


वाशुदेव मिश्र
असार २८, २०८१ शुक्रबार ८:६, पाेखरा

पोखरामा अर्को घर पनि पहिरोमा पुरिएको छ। यो घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोखरा महानगरपालिका- ३२ चैनपुर बार्‍ह्वबीसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो। 

घटनामा आरतीकी १८ वर्षीया छोरी अनिता ९ वर्षीय छोरा प्रतिक र ११ वर्षीया छोरी अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

गएराति नै पहिरोले घर पुर्दा पोखरामा एकै परिवारका ६ सहित ७ जनाको मृत्यु भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .