ad ad

समाज


बारामा बस पल्टिँदा १७ जना घाइते (विवरण)

बारामा बस पल्टिँदा १७ जना घाइते (विवरण)

मंगलबार बिहान बाराको भलुहीमा पल्टिएको बस।


नेपालखबर
साउन १, २०८१ मंगलबार १४:२८, काठमाडौँ

जितपुर-सिमरा सडकअन्तर्गत आज (मंगलबार) बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ भलुहीमा बस पल्टिँदा १७ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। 

बारा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेका अनुसार भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान १० बजे बाराको भलुहीमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। 

मंगलबार बिहान बाराको भलुहीमा पल्टिएको बस।

दुर्घटनामा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रेहको जानकारी डीएसपी न्यौपानेले दिए।

उनका अनुसार बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ का अन्दाजी वर्ष ३३ का शंकर गुरुङ, हाल नाम थर वतन नखुलेको अ. वर्ष २४ का पुरुष र बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसरका अ. वर्ष २१ का कन्हैया गुप्ता गम्भीर घाइते भएका हुन्। 

घाइतेहरूको हाल वीरगन्जस्थित वयोधा अस्पताल तथा स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र बसका चालक चितवनको राप्ती नगरपालिका-६ भण्डाराका ३० वर्षीय सागर न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विस्तृत विवरण:

१. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं. ७ बस्ने अ. वर्ष ३३ का शंकर गुरुङको टाउकोमा चोट (अवस्था गम्भीर)।

२. हाल नाम थर वतन नखुलेको अ. वर्ष २४ का पुरुष अनुहारमा चोट (अवस्था गम्भीर)। 

३. जिल्ला बारा, कलैया उ.म.न.पा. वडा नं. १८ मोतिसर बस्ने अ. वर्ष २१ का कन्हैया गुप्ताको कान, अनुहार, शरीरमा चोट (अवस्था गम्भीर)।

४. जिल्ला चितवन, कालिका गा.पा. वडा नं. ५ बस्ने अ. वर्ष ५५ का तिलक भट्टाराईको अनहार र छातीमा चोट (अवस्था मध्यम)।

५. जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ. वर्ष ३५ का सागर गोलेको अनुहारमा चोट (अवस्था
मध्यम)।

६. जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. वडा नं. ४ बस्ने अ. वर्ष ३० का अमिर थापाको कानमा चोट (अवस्था मध्यम)। 

७. जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ५ बस्ने अ. वर्ष ५० का दीपेन्द्रकुमार गुप्ताको पाखुरा र कञ्चटमा
चोट (अवस्था मध्यम)। 

८. वीरगन्ज म.न.पा.- १५ बस्ने अ. वर्ष ४२ का विक्रम राना मगरको हात र गालामा चोट (अवस्था मध्यम)। 

९. जिल्ला बारा, गढीमाई न.पा. वडा नं. ५ बस्ने अ. वर्ष १८ का सर्वजित रामको छाती र कम्मरमा चोट (अवस्था मध्यम)।

१०.‍ देश भारत, रक्सौल बस्ने अ. वर्ष १८ का साहिद अन्सारीको निधारमा चोट  (अवस्था मध्यम)। 

११. जिल्ला बारा, जितपुरसिमरा उ.म.न.पा. वडा नं. ३ बस्ने अ. वर्ष ३३ की जानुका ढुङ्गानाको हातमा चोट (अवस्था
सामान्य)। 

१२. जिल्ला मकवानपुर,  हेटौँडा उपमहानगरपालिका वडा नं. ०९ बस्ने अ. वर्ष ५३ की गौरी श्रेष्ठको अनुहारमा चोट
(अवस्था सामान्य)। 

१३. जिल्ला पर्सा, वीरगन्ज म.न.पा. वडा नं. ६ माइस्थान बस्ने अ. वर्ष १८ का स्वयव अन्सारीको कञ्चटमा चोट  (अवस्था सामान्य)। 

१४. जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. वडा नं. १५ बस्ने अ. वर्ष २५ का सुमन लामाको कानमा चोट (अवस्था सामान्य)। 

१५. जिल्ला मकवानपुर हेटौँडा उ.म.न.पा. ८ बस्ने अ. वर्ष ३९ की सरस्वती काफ्ले अनुहारमा चोट (अवस्था सामान्य)।

१६. बसका सहचालक जिल्ला पर्सा ठोरी गा.पा. २ का अ. वर्ष २१ का रुपेश तामाङ, सामान्य चोट  (स्थानीय मेडिकलमा उपचार भइरहेको)।

१७. बसको कन्डक्टर जिल्ला, चितवन कालिका न.पा. वडा नं. १० बस्ने अ. वर्ष २८ का राकेन्द्र बम्जनको हातमा चोट (अवस्था सामान्य), (स्थानीय मेडिकलमा उपचार भइरहेको)। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .