ad ad

कला


५ वर्षपछि ‘ईश्वर’ मार्फत कमब्याक गर्दै पृथ्वीराज

५ वर्षपछि ‘ईश्वर’ मार्फत कमब्याक गर्दै पृथ्वीराज

नेपालखबर
साउन १, २०८१ मंगलबार १४:२९, काठमाडौँ

अभिनेता पृथ्वीराज प्रसाईंले सिनेक्षेत्रमा कमब्याक गर्ने भएका छन्। ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि उनी ‘ईश्वर’ मार्फत पर्दामा देखिँदैछन्। राजु गिरी निर्देशित यो फिल्म साउन ११ गतेबाट रिलिज हुँदैछ।

‘ईश्वर’ मा उनी सागर पात्रको भूमिकामा छन्।

आफ्नो पात्रबारे बताउँदै प्रसाईं भन्छन्, ‘सागर एक लभर ब्वाई हुन्छ। उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ। तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ। ईश्वर पारिवारिक कथाको फिल्म हो। म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु। गाउँमै रहँदा नायिका अनु शाहसँग मेरो प्रेम हुन्छ।’

यसअघि उनले अनुसँग केही भिडियोमा सहकार्य गरिसकेका छन्। 

जसकारण अनुसँग काम गर्न सहज भएको उनको भनाइ छ।

‘डोली’ पछि कुनै फिल्मबाट पनि अफर नआएकाले आफूले फिल्म नखेलेको उनको भनाइ छ।

‘म काम माग्न कतै पनि गइनँ। म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ। घर, व्यवसाय र जिममै समय बिताएँ। तर अफर आयो भने चाहिँ फिल्ममा काम गर्छु भन्ने सोच थियो’,उनले भने।  

किस्मत २, मंगलम, वीरंगना लगायतका फिल्ममा काम गरिसकेका पृथ्वीराजलाई कमेडी जनराको फिल्ममा काम गर्ने इच्छा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .