ad ad

समाज


एआईजी बढुवाको नियुक्ति नपाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

एआईजी बढुवाको नियुक्ति नपाएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

नेपालखबर
साउन ८, २०८१ मंगलबार १३:४६, काठमाडौँ

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएर पनि नियुक्ति नपाएर डीआईजीबाटै अवकाश भएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएको हो। 

प्रधानमन्त्री कार्यालय समेतलाई प्रतिवादी बनाउँदै उनी रिट लिएर सर्वोच्च पुगेका थिए।

पोखरेलले एआईजी बढुवा सिफारिस भएर पनि नियुक्ति नपाएको भन्दै गत साउन ६ गते सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए। उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। 

त्यसपछि पोखरेलले अर्को निवेदन दिएका थिए। मंगलबारको आदेशपछि अब उनको रिट दर्ता हुने भएको छ। 

गत असार १० गते उनलाई गृह मन्त्रालयले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .