ad ad

समाज


भक्तपुरमा बिग्रिएको टिपरमा ठोक्कियो स्कुटर, २१ वर्षका युवकको मृत्यु

भक्तपुरमा बिग्रिएको टिपरमा ठोक्कियो स्कुटर, २१ वर्षका युवकको मृत्यु

नेपालखबर
साउन ८, २०८१ मंगलबार १७:२७, काठमाडौँ

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा रोकिराखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो।

काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक खण्डको छेउमा बिग्रिएर रोकी राखेको लु २ ख १९०४ नम्बरको खाली टिपरको पछाडीको भागमा सोही दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–००६ प ९०३५ नम्बरको स्कुटी ठोक्किएको थियो।

सोमबार बेलुका भएको दुर्घटनामा स्कुटी चालक तेह्रथुम साप्ला ५ घर भई हाल भक्तपुर कौशलटार साँगबारी बस्ने २१ वर्षका नबिन पुदुङ (लिम्बु) गम्भिर घाइते भएका थिए।

उनलाई तत्कालै उपचारको लागि भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार दिउँसो १२ः२२ बजे मृत्यु भएको भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।

दुवै सवारी साधन र टिपर चालक काभ्रेको भुम्लु गाँउपालिका १० का २६ वर्षीय पुजन शाहलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .