ad ad

राजनीति


प्रचण्ड, रवि, पूर्णबहादुर र राजेन्द्र राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मनोनीत

प्रचण्ड, रवि, पूर्णबहादुर र राजेन्द्र राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मनोनीत

नेपालखबर
साउन ८, २०८१ मंगलबार १७:४०, काठमाडौँ

संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ४ जना नयाँ सदस्यहरू थपिएका छन्। 

सभामुख देवराज घिमिरेले मंगलबार बसेको प्रतिनिधि सभामा प्रस्तुत गरेको संसदीय समितिका सदस्यहरूको हेरफेर तथा थप गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ। 

जस अनुसार, पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा एमालेका नेता राजेन्द्र कुमार राई राज्य व्यवस्था तथा सुशासन समिति सदस्य मनोनीत भएका हुन्।

प्रतिनिधि सभा नियमावली ७९ को नियम १७७ अनुसार उक्त सदस्यहरू थप गरिएको सभामुख घिमिरेले जानकारी गराए। 

प्रचण्ड प्रधानमन्त्री पदबाट हटेसँगै समितिको सदस्यमा मनोनीत भएका हुन्। त्यस्तै, रास्वपा संसदीय दलका नेता लामिछाने यसअघि यही समितिमा थिए। गृहमन्त्री बनेपछि उनी समितिबाट स्वतः हटेका थिए।

खड्का र राई पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌मा सहभागी भएकाले समितिमा थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .