ad ad

समाज


जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन

जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन

नेपालखबर
साउन ८, २०८१ मंगलबार २२:९, जनकपुरधाम

जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पताल जनकपुरधाममा जारी विवाद समाधानका छानबिन समिति गठन गरेको छ।
 
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए।

समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आवा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत निरजकुमार श्रीवास्तव रहेका उनले बताए।
 

यस अस्पतालमा लामोसमयदेखि कर्मचारीको विषयलाई लिएर विवाद भइरहेको छ। विगत ४० वर्षदेखि आँखा उपचार सेवा प्रदान गरिरहेको अस्पतालमा करारमा कार्यरत कर्मचारी नियुक्तिका विषयमा विवाद हुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको छ।

अस्पतालमा दुई पक्षबीचको विवादलाई दिए एकअर्कामाथि आरोप प्रत्याआरोप र आक्रमणमा उत्रिने, सम्झाइबुझाई गर्दा नमान्ने, मारपिट तथा हातपातमा उत्रिने गरेकाले पटकपटक सुरक्षाकर्मी पठाउनु परिरहेकाले यस विषयमा आवश्यक छानबिन गरी समस्या समाधानका लागि समिति गठन गरिएको प्रजिअ कडरियाले बताए।

उक्त समितिले १५ दिनभित्र आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ।रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .