ad ad

समाज


बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपालका सीमा क्षेत्रमा बढाइयो सशस्त्रको फौज

बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपालका सीमा क्षेत्रमा बढाइयो सशस्त्रको फौज

नेपालखबर
साउन २१, २०८१ सोमबार १८:३२, काठमाडौँ

बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले अवस्था तनावग्रस्त बन्दै गएपछि पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। 

विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, हसिना भारतीय मूलमा प्रवेश गरेकी छिन्।

यसैबीच कोशी प्रदेश र अन्य सीमा क्षेत्रमा सशस्त्र प्रहरी फौजको समेत संख्या बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

‘बंगलादेशमा बढेको तनावसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले थप सतर्कता र सुरक्षा बढाएको छ। विशेषगरी कोसी प्रदेश र अन्य सीमा क्षेत्रमा फौजको संख्या समेत बढाइएको छ। सीमा क्षेत्रमा चेकजाँच र गस्ती पट्रोल र निगरानी समेत बढाइएको छ,’ उनले भने। 

भारतमा पनि बंगलादेशसँग जोडिएको सीमा क्षेत्रमा सुरक्षा बललाई हाइ अलर्टमा बस्न भारत सरकारले निर्देशन दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .