ad ad

समाज


उपसेनानी कल्याण पौडेल बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा उत्कृष्ट

उपसेनानी कल्याण पौडेल बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा उत्कृष्ट

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १९:५८, काठमाडौँ

नेपाली सेनामा उत्कृष्ट प्रर्दशन गरि बेलायतको इन्फेन्ट्री ब्याटल स्कुलमा तालिमरत नेपाली सेनाका उपसेनानी कल्याण पौडेलले टप अन्तर्राष्ट्रिय विद्यार्थीको अवार्ड प्राप्त गरेका छन्।

रोयल मिलिटरी एकेडेमी स्यान्ड्रसमा नेपालको प्रतिनिधित्व गर्दै १ वर्षको तालिम उत्कृष्ट नतिजाका साथ सम्पन्न गरेका नेपाली सेनाले जनाएको छ।

पौडेल हाल बेलायतकै इन्फेन्ट्री ब्याटल स्कुल बेरेकोनको प्लाटुन कमान्डर डिभिजनमा तालिमरत छन्।

सन् २०२४ जुन ९ देखि अगस्ट १६ सम्म सञ्चालन भएको तालिममा विभिन्न राष्ट्रका ९ जना र ७६ जना बेलायती इन्फन्ट्री अधिकृतहरू सहभागी थिए।

८५ प्रशिक्षार्थीमध्ये उपसेनानी पौडेल उत्कृष्ट भएका हुन्। नेपालबाट यो अवार्ड जित्ने पौडेल दोस्रो अधिकृत हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .