ad ad

समाज


सय ग्राम खैरो हिरोइन र ७५ हजार नगदसहित दुईजना पक्राउ

सय ग्राम खैरो हिरोइन र ७५ हजार नगदसहित दुईजना पक्राउ

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १६:४०, काठमाडौँ

धरानदेखि काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा यात्रारत एकजनासहित दुई व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्।

मंगलबार बिहान नागढुङ्गास्थित चेक प्वाइन्टमा बा.प्र.०१–००६ ख ५८८४ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा लागुऔषध फेला परेको हो।

बसको स्टाफ सिटमा सवार झापाको बारदसी गाउँपालिका ३ घर भइ हाल सुनसरीको इटहरी उपमहानगरपालिका–५ पचुर्की बस्ने वर्ष ३५ को सुरेश थापालाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको कालो रंगको झोलाभित्र लुकाई छिपाई गरि ल्याएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ (प्लाष्टिक सहित तौल ९७.७ ग्राम) फेला परेको प्रहरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा काठमाडौंको बालाजु माछापोखरी क्षेत्रबाट नुवाकोटको साविक सूर्यमति २ बस्ने वर्ष ३६ को राम कुमार थपलियासमेत पक्राउ परेका थिए।

उनको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र नेपाली नगद ७५ हजार ५०० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूमाथि प्रहरी वृत्त, थानकोटबाट थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .