ad ad

समाज


सुख्खा पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध

सुख्खा पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध

नेपालखबर
भदौ ८, २०८१ शनिबार १७:४८, काठमाडौँ

सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ। 

निबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।

ठूला ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको पाल्पा प्रहरीले जनाएको छ।

सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .