ad ad

समाज


रामेछाप पहिरो: बाढीले पक्की पुल नै बगाउँदा बेपत्ताको उद्धारमा समस्या

पहिरोले ५ वटा घर बगायो, कति बेपत्ता भए यकिन हुन बाँकी छ: गाउँपालिका अध्यक्ष
रामेछाप पहिरो: बाढीले पक्की पुल नै बगाउँदा बेपत्ताको उद्धारमा समस्या

बाढीले बगाएकाे पुल


नेपालखबर
भदौ ९, २०८१ आइतबार ८:५८, काठमाडौँ

रामेछापमा बाढीले पक्की पुल नै बगाउँदा पहिरोमा बेपत्ता भएकाहरुको उद्धारमा समस्या भएको छ।

दोरम्बा-शैलुङ गाउँपालिका २ र ३ जोड्ने पक्की पुल गएराति बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँका गएराति पहिरोले पाँचवटा घर बगाउँदा धेरैजना बेपत्ता छन्। कति बेपत्ता छन् यकिन भइसकेको छैन। 

बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।  

अहिले घटनास्थलमै रहेका दोरम्बा-शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले पनि बेपत्ताहरुको संख्या यकिन गर्न बाँकी रहेको बताए। 

‘एउटै गाउँमा दुई ठाउँमा पहिरो जाँदा पाँच घरमा क्षति पुगेको छ,’ उनले नेपालखबरसँग भने, ‘कोही पाँच घरमा गरेर १० जना बेपत्ता भए भन्छन्, कोही ८ जना भन्छन्। यकिन गर्न सकिएकाे छैन।’

उनले बाढी  पहिरोले वडा नम्बर २ बाट ३ को टोकरपुर जाने ढोइ गाउँ खोलाको पक्की पुल बगाउँदा सुरक्षाकर्मीलाई घटनास्थलमा जानसमेत समस्या भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .